सिटिजन्स बैंकद्वारा विद्यालयलाई ५० हजार सहयोग

सिटिजन्स बैंकद्वारा विद्यालयलाई ५० हजार सहयोग


बैंकिङ्ग समाचार ।

सिटिजन्स बैंकले म्याग्दीको बेनी नगरपालिका—९ तोरीपानीस्थित गलेश्वर माध्यमिक विद्यालयलाई ५० हजार रुपयाँ सहयोग गरेको छ । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन–पाठनमा भईरहेको अवस्थाको अन्त्य गर्न बैंकको सहयोगले टेवा पुग्ने विद्यालयको विश्वास छ ।

बैंकले हाल ९३ शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।