एनएमबि बैंकको सीईओमा सुनिल केसी पुनः नियुक्त

एनएमबि बैंकको सीईओमा सुनिल केसी पुनः नियुक्त


बैकिङ्ग समाचार ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल के.सी पुनः नियुक्त भएका छन् । 
उनको  पहिलो चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै थियो ।

कम्पनीको फागुन ५ गतेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । चैत १ गतेदेखि लागू हुने दोस्रो कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ । 

उनको कार्यकालमा कम्पनीको व्यवस्थापनमा राम्रो प्रभाव परेकाले भविष्यमा पनि सोही अनुसारको जिम्वेवारी पुरा गर्ने अपेक्षासहित 
कम्पनीको सञ्चालक समितिले केसीलाई पुनः नियुक्त गरेको बताएको छ ।