बैकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंकले धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सुरु गरेको छ।
डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले बैंकले त्यस बजारमा क्युआर कोड सेवा सुरु गरेको हो।
मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरु गरेका हुन्।
यससँगै तरकारी किन्दा उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरेर पसल संचालकलाई सिधैं खातामा भुक्तानी गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया