बैकिङ्ग समाचार ।
नेशलन माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चैत ५ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितीको बैठकले क्रिक रिसोर्ट, धादिङमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै सर्वसाधारण तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १३ गते सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया