एनआईसी एशिया बैंकमा खाता खोल्दा २१ लाखसम्मको बीमा 

एनआईसी एशिया बैंकमा खाता खोल्दा २१ लाखसम्मको बीमा 


बैंकिङ्ग समाचार ।  
एनआईसी एशिया बैंकमा खाता खोल्दा २१ लाखसम्मको बीमा सुविधा पाइने भएको छ । बैंकले  न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोल्दा सो बीमा सुबिधा पाउने जनाएको हो । 

जस अनुसार बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको जनाएको छ ।  

योजना अन्तरगत ग्राहकहरुले  १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार सुविधा पाउने  छन्  । त्यस्तै, ग्राहकले बहिरंग (ओपीडि) उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।  

 एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याईएको यस योजना अन्तर्गत न्यूनतम १ लाख  वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा ग्राहकले १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । 

बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।  

 १० लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा ग्राहकले २१ लाख बीमा सुविधा पाउने र २५ लाख वा सो भन्दा बढीको निक्षेप खातामा पनि २१ लाख बीमा सुविधा पाउने बैंकले जनाएको छ । मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज दिईने र त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्ने बैंकले जनाएको छ।