बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित २५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ३४८ को आधारमा मूल्य समायोजन गरी रू. २ हजार ६७८ तोकेको हो । कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले फागुन २१ गते ८औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछिको मूल्यमा शेयर खरिद गरेकाहरुले कम्पनीको प्रस्तावित लाभांश पाउनेछैनन् ।
प्रतिक्रिया