डिप्रोक्स लघुवित्तको २३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तको २३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा


बैकिङ्ग समाचार ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ५ गते बुधवारदेखि २३ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । फागुन २३ गते अपरान्ह ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी कम्पनीले उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । 

कम्पनीले शेयरको मूल्य प्रतिकित्ता रू. ५०१ तोकेको छ । सो वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी दररेटमा खरिद माग गर्ने आवेदकलाई शेयर विक्री गरिने कम्पनीको भनाई छ ।

 उक्त प्रकृयाबाट पनि शेयर बाँकी रहन गएमा त्यसपछिको बढी दररेटमा खरिद माग गर्ने आवेदकलाई प्राथमिकतामो आधारमा शेयर बाँडफाँट हुनेछ । निर्धारित अवधिमा प्राप्त शेयरको आवेदन फागुन २३ गतेनै अपरान्ह ४ बजे खोलिनेछ । यो शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।