बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले पायो बीबीबी प्लस रेटिङ्ग

बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले पायो बीबीबी प्लस रेटिङ्ग


बैकिङ्ग समाचार ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले इक्रा नेपालबाट बीबीबी प्लस रेटिङ्ग पाएको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पुरा गर्ने क्षमता औषतमा राम्रो रहेको संकेत गर्दछ ।

 कम्पनीको गत माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुक विल्डिङ्ग विधिबाट गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

सर्वसाधारणले बुक विल्डिङ विधिबाट आईपीओ खरीद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।