मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड


बैकिङ्ग समाचार ।

मञ्जुश्री फाइनान्सको माघ १८ गतेदेखि २३ गतेसम्म निष्कासित ऋणपत्र बाँडफाँड भएको छ । कम्पनीले फागुन ३ गते सोमवार उक्त ऋणपत्र बाँडफाँड गरेको हो । 
फाइनान्सले रु. १००० दरका ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्रको अवधि ८ बर्षको रहेको छ । ९.५ प्रतिशत व्याज ६÷६ महिनामा प्रदान गरिने फाइनान्सले जनाएको छ ।

रु. ५० करोडको ऋणपत्रमध्ये ३ लाख कित्ता अर्थात ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रकृयाबाट बिक्री गरेको फाइनान्सले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।