सिभिल लघुवित्तको लाभांश स्वीकृत

सिभिल लघुवित्तको लाभांश स्वीकृत


  बैकिङ्ग समाचार ।

सिभिल लघुवित्तको लाभांश स्वीकृत भएको छ। कम्पनीले नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको जानकारी नेप्से मार्फत जानकारी गराएको छ । 

कम्पनीको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८४२१ प्रतिशत नगद गरि कुल ३. ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गरेसंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २३ करोड ३९ लाख ३३ हजार ७ सय रहेको छ ।