मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

मितेरी डेभलपमन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले पारित गरेको हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

पुस १३ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त समयपश्चात् शेयर अभौतिकीकरण गराउँने शेयरधनीहरुको हकमा डिम्याट खातामा उक्त बोनस शेयर क्रमशः जम्मा गरिदै जाने व्यवस्था गरिएको छ । 

त्यस्तै हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार प्रभु क्यापिटल वा आफुलाई पायक पर्ने प्रभु बैंक लिमिटेडको शाखा कार्यालयहरु वा अन्य कुनै निक्षेप सदस्यहरु मार्फत डिम्याट खाता खोली शेयर डिम्याट गरी बोनस शेयर सोझै आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिनेछ । 

गत पुस १३ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई निजको बोनस शेयर रोक्का भए नभएको यकिन गर्न र रोक्का नरहेको खण्डमा रोक्का समेत गर्न अनुरोध गरिएको छ ।