\’निफ्रा\’ को शेयर मूल्यमा लगातार तेस्रो दिन सकारात्मक सर्किट

\’निफ्रा\’ को शेयर मूल्यमा लगातार तेस्रो दिन सकारात्मक सर्किट


 

बैकिङ्ग समाचार ।

नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को शेयर मूल्यमा लगातार तेस्रो  दिन सकारात्मक सर्किट लागेको छ । मंगलबार नियमित कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।  

दोस्रो दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४५२ पुगेको छ ।  

बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो  ।  गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो। 

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।