नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।

 

बिहिबार नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच सो एक्स्टेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको हो।

एक्स्टेन्सन काउन्टरमार्फत उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गन उद्देश्य रहेको छ।

 

 

 

साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र संस्थानकातर्फबाट प्रमूख प्रशासक कविराज पाठकले हस्ताक्षर गरे।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउन्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न विद्युतिय/डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।