६ ओटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

६ ओटा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


बैकिङ्ग समाचार ।

नेप्सेमा सोमवार छ  ओटा अलग -अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

मुक्तिनाथ विकास बैंक,हिमालयन डिष्टीलरी,लक्ष्मी लघुवित्त वित्तीय संस्था,एनएलजी इन्स्योरेन्स कम्पनी, कामना सेवा विकास बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३ दशमलव १७ कित्ता बोनस शेयर,लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता, एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २५५ कित्ता, अरुण भ्याली हाइड्रोपावरको ४ लाख ९९ हजार १६२ कित्ता,हिमालयन डिष्टीलरीको २८ लाख ९२ हजार ३४१ दशमलव २५ कित्ता र कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३ दशमलव ७९५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

 ती छ  ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।