स्थानियले सिंगटी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

स्थानियले सिंगटी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

आयोजन प्रभावित स्थानियका लागि माघ ४ गतेदेखि विक्री खुला भएको सिंगटी हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने फागुन ३ गते (आज) अन्तिम दिन रहेको छ । छिटो अवधि माघ १८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि फागुन ३ गतेसम्म विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाको स्थानियका लागि १४ लाख ५० हजार कित्ता शेयर विक्री खुला गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

यस आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ ।