नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद भर्ने अन्तिम दिन आज

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद भर्ने अन्तिम दिन आज


बैकिङ्ग समाचार ।

नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गते (मंगलवार) देखि विक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने फागुन ३ गते आज अन्तिम दिन रहेको छ । कम्पनीले रू. १०० अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । १ बराबर १ को अनुपातमा जारी गरिएको यो हकप्रद शेयरमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी रु. ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदपश्चात यो पूँजी रु. १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ ।  कम्पनकिो हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ । 

शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव सहित कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी रू. ३९ करोड ३७ लाख १ हजार चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ ।