बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ ।
नेप्सेका अनुसार आज ३३.३३ अंकले नेप्से घटेर दुई हजार चार सय ९३ दशमलब ५९ विन्दुमा पुगेको छ भने नेप्सेमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बरोबरको कारोबार भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३१ अंक घटेर ४५४ दशमलव १२ विन्दुमा झरेको छ ।
२ हजार ५३६ दशमलव ४७ विन्दुदेखि खुला भएको आइतवारको बजार २ हजार ५३७ विन्दुसम्म पुगेर तल ओर्लिएको हो । गत बिहीवार पनि बजार १६ दशमलव ११ अंकले घटेर बन्द भएको थियो ।बिहीवारको करेक्सनपछि आइतवार बजार सुधारिने आशा लिएका लगानीकर्ता निराश बनेका छन् ।
बिहीवारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीवार रू. ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार बराबरको १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर कारोबार भएकोमा आइतवार रू. ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार बराबरको १ करोड ४८ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।
यो कारोबार २०२ ओटा कम्पनीको ५८ हजार ३०९ पटकको व्यापारमा भएको हो । यसदिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू. ५२ करोड ३३ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीकोे शेयरमूल्य पनि ७ दशमलव ४० प्रतिशतले बढेको छ । न्यूनतम रू. १ हजार ६३७ देखि अधिकतम रू. १ हजार ७२७ सम्मको मूल्यमा कारोबार भएको कम्पनीको मूल्य प्रतिकित्ता रू. ११७ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६९९ कायम भएको छ ।
नेको पछि यस दिन नेपाल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल बैंकको रू. ३६ करोड ६० लाख २६ हजार बराबरको शेयर कारोबार भएको हो ।आइतवार म्युचुअल फण्ड समूहको १ दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ भने बाँकी ११ ओटा समूहको घटेको छ ।यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव २३ प्रतिशत घटेको हो ।
त्यस्तै बैंकिङको १ दशमलव १५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ८२ प्रतिशत, होटलको १ दशमलव २३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, वित्तको शून्य दशमलव ९४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७७ प्रतिशत, लघुवित्तको १ दशमलव ८३ प्रतिशत र जीवन बीमाको १ दशमलव २७ प्रतिशत परिसूचक घटेको हो ।
दोहोरो उच्च अंकले घटेको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । आइतवारदेखि बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयर खरिद चाप उच्च हुँदा मूल्यमा उच्च वृद्धि भएको हो । प्रतिकित्ता रू. ३४० देखि खुला भएको उक्त कम्पनीको अन्तिम मूल्य रू. ३७४ कायम भएको छ । एकै दिन प्रतिकित्ता रू. ३४ ले कम्पनीको शेयरमूल्य बढेको हो ।
त्यस्तै कर्पोरेट डेभलपमेण्ट बैंक र नेको इन्स्योरेन्सको शेयरमूल्य पनि यस दिन ७ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ७ दशमलव ८५ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५९१ र नेको इन्स्योरेन्सको ७ दशमलव ४० प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ६९९ कायम भएको हो ।
यो दिन सपोर्ट लघुवित्त र स्वाभिमान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । सपोर्ट लघुवित्तको ९ दशमलव २७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १ हजार ९१९ र स्वाभिमान लघुवित्तको ९ दशमलव १३ प्रतिशत घटेर अन्तिम मूल्य रू. २ हजार १२० कायम भएको छ ।
प्रतिक्रिया