कोरोनाको प्रभावः ट्वीटरका कर्मचारीलाई घरै बसेर काम गर्न निर्देशन 

कोरोनाको प्रभावः ट्वीटरका कर्मचारीलाई घरै बसेर काम गर्न निर्देशन 


एजेन्सी, कोरोना भाइरसको संक्रमण फैलिन नदिन माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ ।

ट्वीटरले ब्लग पोस्टमार्फत हङकङ, जापान र र दक्षिण कोरियामा आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्ना निर्देशन दिएको हो । उसले आफ्ना संसारभर रहेका ५ हजार कर्मचारीलाई पनि घरमै बसेर काम गर्न प्रोत्साहित गरेको बताएको छ ।

ट्वीटरले एक दिनअघि आफ्ना कर्मचारीलाई जरुरी कामबाहेक अन्य प्रयोजनका लागि भ्रमण गर्न रोक लगाएको थियो ।

‘हाम्रो लक्ष्य कोरोना भाइरसको सम्भावित फैलावट हाम्रो वरपर र हाम्रो वरपरको विश्वमा रोक्ने हो’ ट्वीटरको मानव संशाधन विभाग प्रमुख जेनिफर क्रिष्टिले भनेकी छन् ।

ट्वीटरले घरबाटै काम गर्न मिल्ने गरी आफ्नो प्रणाली विकास गर्ने पनि बताएको छ । उसले अहिलेको समय घरबाटै काम गर्ने गरी अगाडि बढ्न ठूलो अवसर भएको पनि बताएको छ ।

ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सीले पनि घरमै बसेर काम गर्ने कुराको समर्थन गरेका छन् ।