गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

गरिमा विकास बैंकको अध्यक्षमा बस्याल


बैकिङ्ग समाचार ।

गरिमा विकास बैंकको अध्यक्षमा श्याँम प्रसाद बस्याल चयन भएका छन्। बैंकको शुक्रबार पोखरा ग्राण्डमा सम्पन्न भएको १४ औं बार्षिक साधारण सभाले आगामी ४ बर्षीय कार्यकालको लागि बस्याल सहित ६ सदस्य संचालक समितिमा चयन गराएको हो । 

\"\"

अन्य संचालक समितिको सदस्यहरुमा संस्थापक तर्फबाट डा.आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ रहेका छन । त्यसै गरी सर्वसाधारण तर्फको शेयर सदस्यबाट संजिव ढकाल, सरस्वती पाठक र विमल पाण्डे चयन भएका हुन्। बैंकको निवर्तमान अध्यक्षमा चन्द्रकान्त बराल रहेका छन्। बैंकका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुत्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल, शेयर सदस्य एवं वालिङ नगरपालिकाका मेयर दीलिप प्रताप खाँड, शेयर धनि बुद्धिसागर बराल, युक्त बहादुर सुवेदी लगायतले संस्थागत सुसासनलाई निरन्तरता दिदै खराब कर्जा घटाउन तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

\"\"

सर्लाहीको मंगलामा रहेको सहारा विकास बैंकसंग गरिमा विकास बैंक मर्जको प्रस्ताव समेत आएको बताइएको छ ।  उक्त साधारण सभाले १३.५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैया चुक्ता पुंजि रहेको छ जसमध्य १३.५ प्रतिशतको ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैया बोनश शेयर जारी गर्ने भएको हो । संस्थाले करिब ०.७१ प्रतिशतले हुन आउने २ करोड ३० लाख ११ हजार ७ सय ४० रुपैया नगद लाभांश वितरण गर्नै प्रस्ताव समेत पारित गरेको अध्यक्ष चन्द्रकान्त बरालले बताए । बैंकले ५ बर्षको दीर्घकालिन योजना समेत ल्याएको उनले जनाए ।  \"\"

संस्थाले यस बर्ष पनि उत्कृष्ट शाखा सम्मानबाट नगद सहित यस बर्ष पनि सम्मान गरेको अध्यक्ष बरालले बताए । उनका अनुसार चितवनको मिलनचोक शाखा प्रथम, कास्की पोखरा हेमजाको शाखा दोश्रो र काठमाण्डौंको लाजिम्पाट शाखा तेश्रो भएको छ । प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ४० हजार र तेश्रो हुनेलाई ३० हजारको साथमा पं्रशम्सा पत्रले शाखा प्रमुख सहितको टिमलाई सम्मान गरिएको थियो ।\"\"

संस्थाको ५४ अर्ब ५१ करोड निक्षेप रहेको छ भने ४६ अर्ब ८५ करोड कर्जा (लगानी) भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । संस्थाको हालसम्म १ सय ६ शाखामा ९ सय ६ जना कर्मचारी रहेको बैंकले जनाएको छ ।

\"\"

यसैबिच, उक्त कार्यक्रममा डा. शुसिल कोइरालाले विश्व शान्तिको कामना सहित सहभागि सवैलाई गुलावको फुल वितरण गरेका थिए ।

\"\"