६ महीनामा साना किसान विकास लघुवित्तको नाफा ३१ करोड ७३ लाखभन्दा बढी

६ महीनामा साना किसान विकास लघुवित्तको नाफा ३१ करोड ७३ लाखभन्दा बढी


बैकिङ्ग समाचार ।

साना किसान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमास रू. ३० करोड १७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३१ करोड ७३ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड रहेको छ भने जगेडा कोषमा रू. २ अर्ब  ८३ लाख सञ्चित रहेको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड २२ लाख खराब कर्जा संकलन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ५० दशमलव ७८, मूल्य आम्दानी अनुपात ३१ दशमलव ५१ गुणा , तरलता अनुपात ९ दशमलव ६१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६० दशमलव ६३ पुगेको हो ।