बैकिङ्ग समाचार ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आवको छ महीनामा रू. १३ करोड ६९ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ९ करोड १६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ४३ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १६ करोड ८१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २४ करोड १७ लाख पुगेको हो ।
चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडा कोषमा रू.३७ करोड ७२ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ९० करोड ८ लाख जम्मा भएको छ ।
सोही अवधिमा कम्पनीको कुल बीमाशुल्क रू. १ अर्ब २६ करोड २० लाख आर्जन भएको छ । त्यसैगरी कम्पनीको जारी बीमालेखको संख्या १ लाख ४१५ ओटा पुगेको छ ।
प्रतिक्रिया