महिला सहयात्रा लघुवित्तकाे खुद नाफा १२४ प्रतिशत बढ्याे, प्रतिशेयर आम्दानी कति ?

महिला सहयात्रा लघुवित्तकाे खुद नाफा १२४ प्रतिशत बढ्याे, प्रतिशेयर आम्दानी कति ?


बैकिङ्ग समाचार ।

महिला सहयात्रा लघुवित्त वित्तिय संस्थालेचालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा उल्लेख्य खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तले १२४.०१ प्रतिशत अर्थात १ करोड २६ लाख रुपैयाँ खुद नाफा बढाएको हाे।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लघुवित्तले २ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यसले १ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसैगरी समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि १ करोड २६ लाख रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षमा यसको खुद ब्याज आम्दानी ६ करोड ७ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको यस अवधिमा ४ करोड ८० लाख रुपैयाँ थियो।

सो अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ। गत वर्षको पुस मसान्तसम्म ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको यस लघुवित्तको यस आर्थिक वर्षको सोहि अवधिमा १ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा लघुवित्तको निष्कृय कर्जा भने घटेको छ। गत पुस मसान्तसम्ममा ३.४८ प्रतिशत रहेको निष्कृय कर्जा यस आर्थिक वर्षमा भने ३.२० प्रतिशतमा ओर्लेको छ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणमा लघुवित्तले ४१ करोड ९९ लाख रुपैयाँ निक्षेप र १ अर्ब २३ करोड सापटी लिएर १ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको महिला सहयात्राको जगेडा कोषमा ५ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

यस लघुवित्तको प्रति शेयर आम्दानी १६ रुपैयाँ ८९ पैसाबाट बढेर ३४ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै समीक्षा अवधिमा यसको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १४ पैसा र मूल्य आम्दानी अनुपात २७.८२ प्रतिशत छ।