नेप्से सामान्य अंकले सुधार, बैंकिङ समूहका लगानीकर्ताले कमाए

नेप्से सामान्य अंकले सुधार, बैंकिङ समूहका लगानीकर्ताले कमाए


बैकिङ्ग समाचार ।

यो हप्ताको बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सामान्य अंकले सुधार देखिएको छ । मंलगबार नेप्से सूचकांक २७ अंकले गिरावट आएको बजारमा बुधबार भने ८.६६ अंकले सुधार देखिएको हो । बुधबार ७ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचकांक दुई हजार पाँच सय ४३ दशमलब ०३ विन्दुमा पुगेको छ । 

बुधबार वाणिज्य बैंकमा शेयर लगानीकर्ताको आकर्षण देखिएको छ । जसमा ग्लाृेबल आइएमई, नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) र प्रभु बैंकका लगानीकर्ताले बढी कमाएका छन् । बुधबार एनसीसी बैंकको ८ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आइएमइ बैंकको ११ लाखभन्दा बढीको कारोबार भएको भने प्रभु बैंकको ९ लाखभन्दा बढी शेयर खरिद  विक्री भएको छ ।  बुधबार बैंकिङ समूह २६.६१ अंक, विकास बैंक, होटल समूह, फाइनान्स समूह ३८.१२ अंक जीवन बीमा ६२.१५ अंकले वृद्धि भएको छ ।