मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः घर कर्जा खुकुलो, व्यक्तिले विदेशबाट पनि ऋण लिन सक्ने 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः घर कर्जा खुकुलो, व्यक्तिले विदेशबाट पनि ऋण लिन सक्ने 


बैंकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जालाई खुकुलो बनाएको छ । सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले आवासीय भवनहरुको लागि बैंकबाट दिइने ऋणलाई विगतमो भन्दा खुकुलो बनाएको हो ।

व्यक्तिको पहिलो घरको लागि कर्जामा ऋण भुक्तानी अनुपात हालसम्म ५० प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत बनाइएको छ । यसअनुसार अब महिनामा १ लाख कमाइ गर्नेले ६० हजार किस्ता रहने गरी घर कर्जा लिन पाउँछन् । यसअघि ५० प्रतिशतमा खुम्च्याउँदा मध्यमवर्गीय परिवार प्रभावित भएका थिए ।

\"\"

अब भने ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन तथा साना तथा मझौला ब्यवसायका लागि कर दाखिलाको कागजातका आधारमा कर्जा लिन र नवीकरण गर्न सकिने भएको छ । अब २ करोडभन्दा तलको कर्जा लिँदा कर कार्यालय र बैंकमा बुझाइने विवरण एउटै हुनुपर्ने ब्यवस्था खुकुलो बन्नेछ ।

हाउजिङ कम्पनीहरुको परियोजनालाई पनि ऋण दिने व्यवस्था खुकुलो पारिएको छ । महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा ऋण मूल्य अनुपात ५० प्रतिशत र बाहिर ६० प्रतिशत तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  कर्जा लिने र दिने क्रम सुस्ताएपछि मौद्रिक नितिले यस्ता व्यवस्थाहरुमा सुधार गरेको हो ।

यसैगरी नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न राष्ट्र बैंकको पूर्व स्वीकृति लिई भारतबाट भारु १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म ऋण लिन पाउने भएका छन् । कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण लिन पाइने राष्ट्र बैंकले जनाएको छ । 

\"\"