बुटवल पावरको नाफा करीब ८४ प्रतिशत घट्यो

बुटवल पावरको नाफा करीब ८४ प्रतिशत घट्यो


बैकिङ्ग समाचार ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बुटवल पावर कम्पनी लिमिटेडले रू. १३ करोड ८३ लाख ९८ हजार खुद नाफा गरेको छ । 

गत वर्षको यसै अवधिसम्म कम्पनीले रू. ८५ करोड ८८ लाख ६७ हजार यो नाफा गरेको थियो । गत वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष कम्पनीको नाफा ८३ दशमलव ८९ प्रतिशत कम भएको हो । 

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी पनि गत वर्षभन्दा ३ दशमलव ५६ प्रतिशत कम भएको छ । गत वर्ष रू. ४० करोड ४७ लाख ३७ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू.३९ करोड ३ लाख २० हजार मात्र यो आम्दानी गरेको हो । 

कम्पनीको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ८१ दशमलव ८४ प्रतिशत कम भएको छ । गत वर्ष रू. ९० करोड १० लाख १२ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १६ करोड ३५ लाख ८९ हजार मात्र यो नाफा गरेको हो ।

सञ्चालन नाफा घटेसँगै कम्पनीको नाफामा कमी आएको हो । यस वर्ष कम्पनीको चुक्तापूँजी १० प्रतिशत बढी कायम भएको छ । १० प्रतिशत बोनस पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १३ लाख ६१ हजार कायम भएको छ । 

नाफा घटेसँगै कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा ८ दशमलव ६५ प्रतिशत कम भएको छ । गत वर्ष रू. ४ अर्ब २९ करोड ९७ लाख ७९ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार कायम भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ६९ र प्रतिशेयर नेटवर्थ रू. २३३ दशमलव शून्य ९ रहेको छ ।