बैकिङ्ग समाचार ।
नेपाल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आज (माघ २८ गते) होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरु भएको छ । सभामा कम्पनीले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ । अर्थात् यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता फेस भ्यालू १०० रुपैयाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बनाउन लागिएको हो ।
यस प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ । सभा प्रयोजनको लागि कम्पनीले माघ १४ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । माघ १३ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया