६ महीनामा चिलिमे हाइड्रोको नाफा ३९ करोडभन्दा बढी

६ महीनामा चिलिमे हाइड्रोको नाफा ३९ करोडभन्दा बढी


बैकिङ्ग समाचार ।

चालू आर्थिक वर्षको ६ महीनासम्म चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले रू. ३९ करोड २४ लाख ४५ हजार खुद नाफा गरेको छ । 

गत वर्षको यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ३९ करोड ६६ लाख ३९ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १ प्रतिशत कम भएको हो । 

यस वर्ष कम्पनीले रू. ६३ करोड ९९ लाख २१ हजार विद्युत विक्रीबाट आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको यसै अवधिसम्म रू. ६१ करोड ८६ लाख ६३ हजार रहेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी गत वर्षभन्दा ३ दशमलव ४४ प्रतिशत बढी भएको हो । १० प्रतिशत बोनस शेयर पछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम भएको छ । 

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ९ दशमलव ९८ प्रतिशत कम रू. ३ अर्ब ५५ करोड २ लाख ८६ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५० र प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव ५३ रहेको छ ।