बैकिङ्ग समाचार ।
विजय लघुवित्तले फागुन १५ गते विशेष साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गैडाकोट ८ नवलपरासीमा रहेको विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजे सभा डाकेको हो ।
सभामा यस लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने कार्य सम्पनन पश्चात हुने संस्थाको अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगाएतका प्रस्तावहरु पारित गर्ने एजेण्डा छ ।
साधारण सभा प्रयाजनका लागि लघुवित्तले फागुन ७ गते बुकक्लोज मिति तोकेको । यसअनुसार फागुन ६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्र सभामा उपस्थित हुन योग्य रहने लघुवित्तले जनाएको छ ।



About Us
प्रतिक्रिया