रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने

रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने


बैकिङ्ग समाचार ।

रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोवना प्रभावित गुल्मीका स्थानीय बासिन्दाका लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्ने भएका हो ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहलो चरणमा गुल्मीका स्थानीय बासिन्दाका लािग ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्ने छ । 

उक्त शेयरमा फागुन ७ गतेदेखि छिटोमा २१ गतेसम्म र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख किता सम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

स्थानीयलाई शेयर जारीपछि दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँको २० प्रतिशत शेयर जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत शेयर स्थानीय बासिन्दाका लागि र १० प्रतिशत शेयर सर्वसाधारणमा जारी हुनेछ ।

आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड-३ रेटिङ प्रदान गरेको छ । कम्पनीले आईपीओले पाएको ग्रेड ३ रेटिङले कम्पनीको वित्तीय अवस्था अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आवेदन दिएको ७ महिनामा कम्पनीले शेयर जारी गर्न अनुमति पाएको हो ।