एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ३०.४४% ले बढ्यो

एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ३०.४४% ले बढ्यो


बैकिङ्ग समाचार ।

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ४२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३०.४४ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क भने १५.६७ प्रतिशतले घटेर १९ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले खुद बीमा शुल्कबाट २३ करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले पूनर्बीमा कमिशन आयबाट ५ करोड ६ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, लगानी, कर्जा तथा अन्य आयबाट दुई करोड १४ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले ५५ हजार ६०२ बीमालेख जारी गरी ५० करोड ३७ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड १७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको बीमा कोषमा ३६ करोड ३८ लाख रुपैयाँ छ । जुन समीक्षाको अवधिको तुलनामा ४२.२९ प्रतिशत धेरै हो ।

कम्पनीले दुई हजार २७७ दावीवापत ४० करोड ७८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । तीन हजार ९४१ दावीवापत कम्पनीले ९४ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रति शेयर वार्षिक आम्दानी १३ रुपैयाँ ५५ पैसा र प्रति शेयर नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा छ ।