कर्णाली डेभलपमेण्ट बैंकको १५ र १६औं वार्षिक साधारणसभा फागुन २१ मा हुने

कर्णाली डेभलपमेण्ट बैंकको १५ र १६औं वार्षिक साधारणसभा फागुन २१ मा हुने


बैकिङ्ग समाचार ।

कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको १५ र १६औं वार्षिक साधारणसभा फागुन २१ गते शुक्रवार हुने भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले मेरो प्लानेट, नेपालगंजमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । 

त्यस्तै सभाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को नाफा नोक्सा, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूचि उपर छलफल गरी पारित गर्नेछ भने सर्वसाधारण समूहबाट २ जनना सञ्चालकहरुको चयन गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म शेयरधनी  दर्ता किताब बन्द गरिने बैंकले जनाएको छ ।