आइपीओ तयारीमा रहेको सिटिजन लाइफको नाफा ९.८१% बढ्यो

आइपीओ तयारीमा रहेको सिटिजन लाइफको नाफा ९.८१% बढ्यो


बैकिङ्ग समाचार ।

सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९.८१% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष यसले १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ७३.२९% ले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष भने ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र खुद बिमा शुल्कबाट आर्जन गरेको थियो ।सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । रिजर्भ कोषमा ७३.२९% वृद्धि गरी ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीले आइपीओ जारी गरी बिमा समितिले तोकेको न्यूनत चुक्त पुँजी पुर्याउने तयारी गरिरहेको छ ।

सिटिजन्सले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको हो । आइपीओ ल्याउने प्रस्ताव साधारण सभाबाट पनि अनुमोदन भइसकेको छ । पुस मसान्तसम्म जीवन बिमा कोषको आकार पनि १२९.७०% ले बढेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र थियो ।