चालू आवको दोस्रो त्रैमासमा सप्तकोशी डेभलपमेण्ट बैंकको नाफा घट्यो

चालू आवको दोस्रो त्रैमासमा सप्तकोशी डेभलपमेण्ट बैंकको नाफा घट्यो


बैकिङ्ग समाचार ।

सप्तकोशी डेभलपमेण्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  

कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा ७३ प्रतिशतले कमि आएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ८० लाख  ४८ हजारमा सिमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी  र सञ्चालन नाफामा कमि आएकाले नाफा घटेको हो । 

कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख रहेको छ । कम्पनीको जगेडा कोषमा रू. ८ करोड ८० लाख सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.१ दशमलव ९३, मूल्य आम्दानी अनुपात ८२ दशमलव ४१, तरलात अनुपात ४० दशमलव ५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव शून्य ५ रहेको छ ।