बैकिङ्ग समाचार ।
सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फण्डको इकाई शुक्रवार बाँडफाँट गरेको छ।
फण्डको इकाई निष्काशन अवधि भित्र माग गरेभन्दा अधिक इकाई खरीदको लागि आवेदन परेकोले प्रचलित कानून वमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरेर फण्डको बाँडफाँड गरिएको क्यापिटलले बताएको छ।
क्यापिटलले बीज पूँजीको १६ दशमलव १६ प्रतिशत अर्थात् १ करोड ९३ लाख ८८ हजार ९४० इकाई कोष प्रवर्द्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई बाँडफाँड गरेको छ भने बाँकी १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रीतपुर्वक आवेदन दिने सर्वसाधारण आवेदकलाई माग गरे बमोजिम बाँडफाँट गरेको हो ।
क्यापिटलले माघ ९ गतेदेखि १५ गतेसम्म सानिमा लार्ज क्याप फण्डको प्रतिइकाई १० रुपियाँ अंकित दरको १० करोड इकाइहरु विक्रीमा ल्याएको थियो। जसमा माग गरेभन्दा धेरै आवेदन परेपछि फण्डको आकार बढाएर १२ करोड रुपियाँ पुगेको क्यापिटलले बताएको छ।
प्रतिक्रिया