एनआईसी एशिया क्यापिटलको पहिलो शाखा किर्तिपुरमा

एनआईसी एशिया क्यापिटलको पहिलो शाखा किर्तिपुरमा


 

बैकिङ्ग समाचार ।

एनआईसी एशिया क्यापिटलले आफ्नो पहिलो शाखा कार्यलय संचालनमा ल्याएको छ। क्यापिटलले नयाँबजार ९, किर्तिपुर काठमाडौंमा आफ्नो पहिलो शाखा कार्यलय संचालनमा ल्याएको हो। 

पछिल्लो समय धितोपत्र कारोबार गर्ने, लगानी व्यवस्थापन सेवा लिने, हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढिरहेकाले क्यापिटलले किर्तिपुर स्थित एनआईसी एसिया बैंकको भवनमा आफ्नो पहिलो शाखा कार्यलय बिस्तार गरेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेंद्र रायमाझीले जानकारी दिए। 

सीईओ रायमाझीकाअनुसार सेवाको गुणस्तर कायम गरि सर्वसाधारण तथा क्यापिटलबाट सेवा लिइरहेकाहरुलाई उत्कृष्ट सेवा सहज र सर्वसुलभ रुपमा प्रदान गर्ने उदेश्यका साथ किर्तिपुरमा शाखा बिस्तार गरिएको हो। 

क्यापिटलबाट प्रदान गरिने सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका प्रमुख शहरहरुमा समेत शाखा बिस्तार गर्दै लैजाने रणनीति रहेको सीईओ रायमाझिले बताए। 

किर्तिपुर शाखाबाट लगानी व्यवस्थापन, डिम्याट खाता खोल्ने, मेरो सेयर खाता खोल्ने तथा नविकरण गर्ने, अनलाइन मार्फत खोलिएका डिम्याट खाता ग्राहकको स्वयम् उपस्थिति प्रमाणीकरण गर्ने तथा खुलामुखी योजनाको इकाईको खरिद बिक्रि गर्ने लगायतका सेवा उपलब्ध हुनेछ। त्यस्तै यस शाखाबाट क्यापिटलले प्रदान गर्ने अन्य सेवाहरु समेत विस्तार गरिने बताइएको छ।