बैकिङ्ग समाचार ।
पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा शेयर खरीद माग बढीरहेको अवस्थामा यो साता ४ करोड १५ लाख ८६ हजार १९५ दशमलव ८ कित्ता शेयर थप भएको छ ।
६ ओटा कम्पनीको हकप्रद शेयर, बोनस शेयर र आईपीओ गरी उक्त शेयर बजारमा थपिएको हो । सूचीकृत शेयरमध्ये समृद्धि फाइनान्सको ४ लाख ३० हजार ६३९ कित्ता र नेपाल फाइनान्सको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर रहेको छ ।
त्यस्तै यो साता सानिमा बैंकको १० प्रतिशत बोनस वापतको ८८ लाख १ हजार ३८० दशमलव ९८ कित्ता, चिलिमे हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस वापतको ५७ लाख ९ हजार ७६२ दशमलव २५ कित्ता र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको १० दशमलव २७ प्रतिशत बोनस शेयर वापतको ९६ लाख ५ हजार ९९७ दशमलव ३५ कित्ता शेयर सूचीकृत भएको छ ।
गत माघ ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ पनि १५ दिनभित्रै बजारमा सूचीकृत भएको छ । उक्त कम्पनीले संस्थापकतर्फको ८८ प्रतिशत र सर्वसाधारण तर्फको १२ प्रतिशत स्वामित्को कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर शुक्रवार सूचीकृत गराएको हो ।
सूचीकृत भएका शेयरहरुमध्ये चन्द्रागिरी र एनसीसी बैंकको शेयर आइतवारदेखि काराबारयोग्य हुने छन् भने बाँकी कम्पनीको सूचीकृत शेयर कारोबारयोग्य भइसकेका छन् ।
सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने व्यवस्था अनुसार एनसीसी बैंक र चन्द्रागिरी हिल्सको शेयर भने आइतवारदेखि कारोबार योग्य हुनेछ । एनसीसी बैंकले बिहीवार बोनस शेयर सूचीकृत गराएको हो भने चन्द्रागिरी हिल्सको आईपीओ शुक्रवार सूचीकृत भएको हो ।
प्रतिक्रिया