बैकिङ्ग समाचार ।
ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटिसी) बीच डिजिटल बैंकिङ मार्फत सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । स्मार्ट च्वाइसले निर्माण गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ स्वलुसन मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको जनाईएको छ ।
एसटिसीले विगत दुई वर्षको अध्ययन एवं अनुसन्धान र तीन महिनाको आन्तरिक परीक्षण पछि ल्याएको उक्त उपकरणमा मोबाईल बैंकिङ, इ बैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्यूआर र कार्ड लगायतका सेवा एउटै प्लेटफर्मबाट उलब्ध हुनेछ ।
उक्त सेवाबाट बैंकका ग्राहकमा छिटो÷छरितो, मितव्ययी र सरल ढंगले बैंकिङ सेवा र सुविधाहरुको पहँुच पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकले उक्त सेवालाई छिट्टै नै ग्राहककाबीच सञ्चालनमा ल्याउने जनाएको छ ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।
प्रतिक्रिया