चन्द्रागिरीको शेयर आइतबारबाट कारोबारमा आउने, कति तोकियो रेञ्ज ?

चन्द्रागिरीको शेयर आइतबारबाट कारोबारमा आउने, कति तोकियो रेञ्ज ?


बैकिङ्ग समाचार ।

चन्द्रागिरी हिल्सको शेयर आगामी आइतबार माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको छ ।

कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेन्ज शेयर सूचीकरण गराएसँगै आगामी साताबाट कारोबारमा आउने भएको हो । नेप्सेले यो कम्पनीलाई सीजीएच (CGH) कोड प्रदान गरेको भने अन्य समुहमा समावेश गरेको छ ।

चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु.९६.६९ देखि रु.२९०.०७ रेन्ज तोकेको छ। आइतबार प्रि-ओपन सेसनमा यदि यो रेन्जभित्र चन्द्रगिरीको शेयर किनबेच भयो भने नियमित समयमा पनि कारोबार खुला हुनेछ।

चन्द्रागिरीको आईपीओ १ लाख ३९ हजार ६०२ जनाको हितग्राही खातामा पठाइसकेको छ । जसमा २ जनाले ११ र बाँकीले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए ।

चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त शेयर माघ ९ गते शुक्रबार बाँडफाँड गरेको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।