साधारण सभाका लागि सिभिल बैंकले शुक्रबार बुक क्लोज गर्ने

साधारण सभाका लागि सिभिल बैंकले शुक्रबार बुक क्लोज गर्ने


बैकिङ्ग समाचार ।

सिभिल बैंकले प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांश माघ २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् । बैंकले प्रस्तावित लाभांश पारितका लागि फागुन ९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त साधारण सभा प्रयोजनका लागि बैंकले माघ २३ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ २२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका हुन् । 

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभामार्फत पारित गर्दैछ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख ८९ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बैंकको यस वर्ष प्रस्ताव गरेको लाभांश विगत दुई आर्थिक वर्षकै उच्च रहेको छ । बैंकले गत वर्ष ६ दशमलव ५७ प्रतिशत नगद लाभांश र अघिल्लो वर्ष ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको थियो । दुई आर्थिक वर्ष निरन्तर नगद लाभांश दिएको यस बैंकले यो वर्ष भने बोनसमा जोड दिएको छ ।