मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

मञ्जुश्री फाइनान्सको माघ १८ गतेदेखि निष्कासित ऋणपत्रमा आवेदन माघ २३ गते (आज) बैंकिङ्ग समय पश्चात बन्द हुने भएको छ । फाइनान्सले निष्कासन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरुलाई आज बैंकिङ्ग समय पश्चात आवेदन लिन बन्द गर्न निर्देशन दिएको हो । 

फाइनान्सले रु. १००० दरका ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ । उक्त ऋणपत्रको अवधि ८ बर्षको रहेको छ । ९.५ प्रतिशत व्याज ६÷६ महिनामा प्रदान गरिने फाइनान्सले जनाएको छ ।

रु. ५० करोडको ऋणपत्रमध्ये ३ लाख कित्ता अर्थात ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रकृयाबाट बिक्री गर्ने फाइनान्सले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सको ऋणपत्रमा माघ १८ गतेदेखि छिटोमा माघ २१ गते तथा ढिलोमा फागुन २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर, २१ गतेसम्ममा प्रयाप्त आवेदन नपरेकोले फागुन २ गतेसम्म समय थप गरेको थियो । 

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।