बैकिङ्ग समाचार ।
महिला लघुवित्तको आईपीओ निष्काशनको मिति सरेको छ । यसअघि माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको कम्पनीले मिति २ दिन सार्दै माघ ३० गते शुक्रबारबाट मात्रै निष्काशन गर्ने भएको हो ।
४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको कम्पनीले ५ हजार कित्ता कम्पनीक कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको मिति परिवर्तन भएसँगै अब सर्वसाधारणले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ । तर आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने र १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना नरहेकोले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उपयुक्त नहुन सक्छ ।
कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ ।
प्रतिक्रिया