बैकिङ्ग समाचार ।
सिभिल बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि शुक्रबार बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस शेयरमा मूल्य समायोजन गरी मूल्य नयाँ मूल्य तोकिएको हो ।
नेप्सेले बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २१५ रूपैयाँ निर्धारण गरेको छ। बहीबारको अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा बोनस समायोजन गरिएको हो ।
यसअनुसार अब आइतबार बैंकको समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ ।
लाभांश पारित गर्न बैंकले फागुन ९ गते, आइतबार, बैंकको केन्द्रीय कार्यालय, सुन्धारा, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले पुस २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ नगद (कर प्रयोजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै सिभिल बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने।गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा राखिएको छ ।
प्रतिक्रिया