बैकिङ्ग समाचार ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५९.४५ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस मसानतसम्ममा लघुवित्तले १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा लघुवित्तको खुद नाफा ११ करोड १८ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले ३ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब १७ करोड रुपैयाँ सापटी गरी ११ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ५५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २० करोड ६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको ग्रामीणको वार्षिक प्रतिशेयर आम्दानी ३६.३२ रुपैयाँ छ । गत आवको यसै अवधिको तुलनामा लघुवित्तको इपिएस १३.५४ रुपैयाँले बढेको हो । यस्तै जगेडा कोषमा ७७ करोड रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १७८.४६ रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ७.३९, कर्जा लगानी ८.३१, सापटी १०.११, खुद ब्याज आम्दानी ३.७५, सञ्चालन नाफा ५८.२१, जगेडा कोष २२.५९ प्रतिशतले बढेको हो ।
पुस मसान्तसम्ममा कम्पनीको खराब कर्जा अनुपात ४.२० प्रतिशत र मूल्य आम्दानी अनुपात १८.०९ गुणा छ ।
प्रतिक्रिया