नेपाल फाइनान्स र चिलिमे हाइड्रोपावर कम्पनीको शेयर सूचीकृत

नेपाल फाइनान्स र चिलिमे हाइड्रोपावर कम्पनीको शेयर सूचीकृत


बैकिङ्ग समाचार ।

दुई अलग – अलग कम्पनीको शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । नेपाल फाइनान्सको हकप्रद शेयर र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

नेपाल फाइनान्सले १६ लाख ९७ हजार ५०६ दशमलव २५ हकप्रद शेयर र चिलिमे हाइड्रोपावर कम्पनीले ५७ लाख ९ हजार ७६२ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको  हो ।

अव यी दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।