नेपाल बङ्गलादेश बैंकद्वारा डिसी कार्ड योजना शुरु

नेपाल बङ्गलादेश बैंकद्वारा डिसी कार्ड योजना शुरु


बैकिङ्ग समाचार ।

नेपाल बङ्गलादेश बैंकले बिभिन्न पेशामा कार्यरत पेशागत ब्यक्तिहरुलाई लक्षित गरी  स(साना ब्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका  लागि डिसी कार्ड योजना ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने जानकारी गराएको छ । यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउने सुविधा रहेको बैंकले जनाएको छ ।

साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।  हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।