बैकिङ्ग समाचार ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १३ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कमनपीको माघ २० गतेको सञ्चालक समितिको बैठकले डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश समेत पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ६७ लाख ७ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण हुनेछ । साथै जारी तथा चुक्तापूँजी बृद्धि गरी सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने ,अन्य लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जानु पर्ने भएमा सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया