हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट राजस्व भुक्तानीे गर्न सकिने

हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट राजस्व भुक्तानीे गर्न सकिने


बैकिङ्ग समाचार ।

हिमालयन बैंकले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट २०७७ साल माघ १९ देखि राजस्व भुक्तानी व्यवस्था सुचारु गरेको छ ।

 

उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआई) मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको एनपिआई मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपिएस मार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब एनपिआई मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।

ग्राहकहरुले सम्बन्धित राजस्वको इबिपि नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपिआई मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईन मार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपिएसको मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

हिमालयन बैंक वाणिज्य बैंकहरु मध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणाली मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका ७० शाखाहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, १४६ एटिमएम सञ्चालनमा रहेका छन् ।