ऐतिहासिक उचाई हासिल गरेको नेप्से २५ सय विन्दु नजिक

ऐतिहासिक उचाई हासिल गरेको नेप्से २५ सय विन्दु नजिक


बैकिङ्ग समाचार ।

दुई दिनको करेक्शन पश्चात सुधारको लयमा देखिएको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २.७२ प्रतिशतले बढेको नेप्से सूचक २५ सय विन्दु नजिक पुगेको छ ।

मंगलबार नेप्से सूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा उक्लिएको छ।

८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भए।

होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।