राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्ने, एनआईबीएल एस क्यापिटल बिक्रि प्रबन्धक

राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्ने, एनआईबीएल एस क्यापिटल बिक्रि प्रबन्धक


बैकिङ्ग समाचार ।

राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ ।

बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो  । सम्झौतामा बैंकको तर्फ बाट  प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

बैंकले २ अर्व ५० करोड बराबरको पच्चिस लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १५ लाख कित्ता  परिपत्र विधिबाट र १० लाख कित्ता  सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गरिने बैंकले जनाएको छ  । 

 बैंकको चुक्ता पूंजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्राबधान बमोजिम निष्काशन गर्न लागेको यो ऋणपत्रको अवधि ६ बर्षको रहेको छ ।

ऋणपत्रमा ६–६ महिनामा भुक्तानी हुने गरि वार्षिक १०.२० प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ ।