एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आज (मंगलवार) देखि लिलामीमा विक्री हुने भएको छ । 

कम्पनीले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

कम्पनीले यस अघि पुस १९ गतेदेखि २४ गतेसम्ममा यी तीनै ओटा  कम्पनी सहित एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट खरीद गर्न आह्वान गरेको थियो । सो मितिमा पूर्ण आवेदन नपरेपछि कम्पनीले पुनः लिलमीमार्फत विक्री गर्न लागेको हो । 

कम्पनीले नागरिक लगानी कोषको न्यूनतम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६२३, नेशनल लाइफको रू. ५३० र सूर्या लाइफको रू. ३७८ तोकेको हुँदो सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

आवेदकले माघ २६ गतेसम्म उक्त शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।कम्पनीको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले विक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली तथा विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन ।